सफल होटल तथा पर्यटन व्यवसायीमा हुनुपर्ने १० गुण
नेपाल पर्यटकीय हिसाबले सम्भावनायुक्त मुलुक हो । फरक फरक पर्यटकीय गन्तव्यहरूको विकास हुनु, नयाँ नयाँ युवा व्यवसायी पर्यटन पेसामा आउनु र पुराना व्यवसायीले पनि आफू र आफ्नो व्यावसायिक प्रतिष्ठानको विकास गर्ने क्रम जारी रहनुलाई पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक मान्नुपर्छ ।
यहाँको सर्वोच्च शिखर सगरमाथा लगायत आकर्षक एवं सुन्दर हिमालहरू, तालहरू, सुन्दर पहाड तथा तराईका फाँटहरू, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू, जैविक विविधता, विभिन्न स्थानीय उत्पादनहरू नै बाह्य तथा आन्तरिक पर्यटक तान्ने आकर्षक र प्रमुख आधार हुन् । हिमाल आरोहण, पदयात्रा, जल तथा जङ्गल सफारीमा हामीले पर्यटकलाई आकर्षित गर्न सक्छौँ ।
धार्मिक महत्त्वका स्थानमा विशेषतः आराध्यदेव पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथ लगायत छन् । यस्तै, हाम्रा विविध कला, संस्कृति, वेशभूषा तथा सामाजिक परिवेशले पनि पर्यटकलाई आकर्षण गर्न सक्छन् ।
जब हामीले प्राकृतिक एवं मानव निर्मित कला, संस्कृति तथा सम्पदाको संरक्षण, प्रवर्धन वा सही ब्रान्डिङ गर्छौं; तिनको प्रचार–प्रसार गर्छौं, तब हामी पर्यटकीय दृष्टिकोणले अगाडि बढ्छौँ, कहिल्यै पछाडि नफर्किने गरी ।
जब हामीले प्राकृतिक एवं मानव निर्मित कला, संस्कृति तथा सम्पदाको संरक्षण, प्रवर्धन वा सही ब्रान्डिङ गर्छौं; तिनको प्रचार–प्रसार गर्छौं, तब हामी पर्यटकीय दृष्टिकोणले अगाडि बढ्छौँ, कहिल्यै पछाडि नफर्किने गरी । देशमै केही गरौँ भनी यस क्षेत्रमा आउने युवा पर्यटन व्यवसायीले पनि यो विषयमा हेक्का राख्नुपर्छ । आज निकै लामो समय भइसक्यो, नेपालको पर्यटन क्षेत्रले सही दिशा र गति लिन सकेको छैन भन्दा अत्युक्ति नहोला, तर पनि पर्यटनको फरक फरक क्षेत्रमा विभिन्न व्यवसायी जमेकै छन् ।
फराकिलो पर्यटन क्षेत्रमध्येको प्रमुख र एक आकर्षक व्यवसाय होटल तथा रेस्टुरेन्ट व्यवसाय हो, यसका व्यवसायीलाई हामी एक यस्तो व्यक्तिका रूपमा पनि लिन सक्छौँ, जसले होटल सञ्चालन मात्र गर्दैनन्, सँगसँगै पर्यटन क्षेत्रको विकास र स्थानीय कृषिजन्य उत्पादनको खपतमा टेवा पु¥याइरहेका हुन्छन् । त्यसैले त भनिन्छ, देशमा एकजना पर्यटन भित्रिँदै गर्दा १० जनालाई अवसरको सिर्जना हुन्छ । त्यही एकलाई आतिथ्यता र सेवा प्रदान गरी सयौँलाई आकर्षण गर्न सक्नु नै होटल व्यवसायीको क्षमता वा गुण मानिन्छ ।
एक सफल होटल तथा पर्यटन व्यवसायीमा हुनुपर्ने केही गुण तथा विशेषतालाई यस प्रकार परिभाषित गरिएको छ ।
१) सफल होटल व्यवसायीमा पाहुनाको सेवा तथा आतिथ्यतामा केन्द्रित सोच हुनुपर्छ । हरेक पाहुना महत्त्वपूर्ण हुन्छन्, त्यसैले पाहुनाहरूको सन्तुष्टि, आवश्यकता र अपेक्षा बुझ्न सक्ने हुनुपर्छ ।
२) होटल व्यवसायमा विभिन्न फरक–फरक विभाग हुने गर्छन्, फरक फरक विभागको व्यवस्थापन गर्न धेरै कर्मचारी आवश्यक पर्छ, जसलाई सफलतापूर्वक व्यवस्थापन गर्न कुशल नेतृत्व क्षमता हुनुपर्छ ।
३) होटल व्यवसायमा हरेक दिन नयाँ–नयाँ चुनौती र समस्या आउने गर्छन्, अझै नेपालजस्तो विकासोन्मुख र अस्थिर राजनीतिक व्यवस्थाले ग्रसित मुलुकमा जटिलता धेरै हुने गर्छन्, समस्या देख्नासाथ त्यसबाट भाग्ने होइन कि समस्या समाधानको क्षमता राख्नुपर्छ ।
४) समय सबैका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ । एक सफल होटल व्यवसायीले समय, आन्तरिक स्रोत–साधन र जनशक्तिको प्रभावकारी व्यवस्थापन कौशलमा निपुण हुनुपर्छ ।
५) कुनै पनि व्यवसायलाई उचाइमा लैजानका निमित्त प्रस्तुति कलाको महत्त्व शब्दमा मात्र व्याख्या गरेर सकिँदैन । एक सफल होटल व्यवसायीले आफ्ना कर्मचारी, ग्राहक वर्ग, भेन्डर तथा सप्लायरहरू, साझेदार, छिमेकी र प्रतिस्पर्धीसँग समेत राम्रो सम्बन्ध बनाइराख्नका लागि प्रस्तुति एवं सञ्चार कलामा निपुण हुनुपर्छ ।
६) कुनै पनि व्यवसायीले आम्दानी, लगानी र त्यसबाट आउने मुनाफाको सही व्यवस्थापन गर्न सक्नुपर्र्छ, यी कुरालाई मिलाइराख्न एक सफल होटल व्यवसायीमा वित्तीय ज्ञान सधैँ महत्त्वपूर्ण हुने गर्छ ।
७) पर्यटनको विश्व बजारमा दिनानुदिन ठुल्ठुला परिवर्तन भइरहेका छन् । व्यवसायमा जसले फड्को मा¥यो, उसले सम्बन्धित क्षेत्रमा राज ग¥यो । विश्व बजारमा आइरहेका प्रविधिमध्ये होटल व्यवसायका क्षेत्रमा परिवर्तनहरू छिटो–छिटो हुने गर्छन्, नयाँ–नयाँ प्रविधि र दक्ष जनशक्तिको अभाव आजको जटिल चुनौती हो, एक सफल होटल व्यवसायीमा अवस्था अनुकूलको प्रविधि, प्रवृत्ति, प्रतिस्पर्धी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार मागको ज्ञान हुनु वा आफूलाई अनुकूलित बनाउन सक्नुपर्छ ।
८) होटल व्यवसायमा नौलो अनि फरक स्वाद र सेवाहरू प्रदान गर्नका लागि व्यवसायीहरूले नवीन सोच, रचनात्मक योजनाबाट ग्राहकलाई आकर्षित गर्न सक्नुपर्छ ।
९) आज मानिसलाई आफूले इच्छाएको चिज, बिनाकुनै मिहिनेत, विनालगानी, विनाचुनौती सबैभन्दा छिटो र सजिलो ढंगले प्राप्त गर्नुपरेको छ, यस्तो सोचले समाजमा थुप्रै दुर्घटना निम्त्याएको हामीले देख्न सक्छौँ । एक सफल व्यवसायीलाई नजिकबाट नियाल्दा ऊभित्र लामो कथा, कहानी र धेरै किस्साका साथै सिङ्गो चलचित्र नै पाउन सक्छौँ, त्यस्तै एक सफल होटल व्यवसायीमा ठुल्ठुला चुनौती, समस्या, अप्ठेरो परिस्थिति र असफलतामा समेत आफूलाई टिकाउँदै अगाडि बढ्न सक्ने दृढ संकल्प र धैर्यता हुनुपर्छ ।
१०) हरेक पेसा वा व्यवसायलाई व्यवस्थापनका निमित्त समपर्ण आवश्यक हुन्छ । भनिन्छ, व्यवसाय मन्दिर हो भने ग्राहक त्यसका देवता हुन् । फूल, अक्षता र अर्पण सेवा हो भने प्रतिष्ठा त्यसको प्रसाद हो । होटल व्यवसाय धेरै समय र श्रम माग्ने पेसा अन्तर्गत पर्छ । त्यसैले एक सफल होटल व्यवसायी अत्यन्तै परिश्रमी, पेसाप्रति समर्पित र अनुशासित हुनुपर्छ ।
(लेखक होटल व्यवसायी महासंघ नेपालका महासचिव तथा नेपाल उद्योग व्यापार महासंघका कोषाध्यक्ष हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा