टाटा सुमोको तेल ट्याङ्कीमा फल्स बटम बनाई लागुऔषध कारोबार गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँ र ललिपुरबाट लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमााडौँको बौद्धबाट २९ वर्षीय विजय परियार र ललितपुर महानगरपालिका २ बाट भारतीय नागरिक बीरबल महतोलाई पक्राउ गरेको हो ।
परियारलाई लागुऔषध जाइट्राभेट ५२५० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै महतोलाई नाइट्राजेपाम९०३० ट्याब्लेट तथा डाइजेपाम ६००, बुप्रेनोर्फिन ५९८ र फेनारगन ५९१ एम्पुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
महतोले भारतीय नम्बर BR06PA2090 को रातो रङको टाटा सुमो गाडीको इन्धन राख्ने ट्याङ्कीमा फल्स बनाई लागुऔषध लुकाएर ल्याएको प्रहरीको भनाई छ । महतोले पटक पटक भारतका रक्सोल हुँदै काठमाडौँमा लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ । महतो भारत विहार पुर्वी चम्पारण जिल्ला रक्सौलका नागरिक हुन् ।
परियारले पनि लामो समयदेखि काठमाडौँमा लागुऔषध कारोबार गर्दै आएको खुलेको ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दमा म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल