सेन्सरसिपको विषयलाई लिएर ब्राजिलमा ‘एक्स’ को कारोबार बन्द

ब्रासिलिया । सेन्सरसिपको विवादलाई लिएर सामाजिक सञ्जाल एक्सले ब्राजिलमा आफ्नो कार्यालय बन्द गरेको छ । एक्सका अनुसार ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डी मोरेसले आफ्नो कानुनी प्रतिनिधिलाई ‘सेन्सरसिपको आदेश’ नमानेको भन्दै पक्राउ गर्ने धम्की दिएका छन् ।
ब्राजिलको सर्वोच्च अदालतले यस विषयमा कुनै टिप्पणी गरेको छैन । अर्बपति एलन मस्कले यसका बाबजुद ब्राजिलका मानिसहरू अझै एक्स प्रयोग गर्न सक्षम रहेको जिकिर गरेका छन् ।
न्यायाधीश मोरेसले एक्सका विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाएका थिए । उनले पूर्वदक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोका कयौँ समर्थकहरूमाथि अनुसन्धान भइरहेको बताउँदै यस दौरान उनीहरूको खाता बन्द गरिनुपर्ने बताएका थिए ।
यता मस्कले न्यायाधीश मोरेसको आलोचना गरेपछि न्यायाधीशले एक्सले पुनः सुरु गर्ने कुनै पनि खातामा प्रतिदिन १९ हजार ७७४ डलर जरिवाना लगाउने आदेश दिएका थिए । मोरेसले न्यायामा बाधा पुर्याएकोसहित अन्य आरोपमा मस्कलाई अनुसन्धानकोको दायरामा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता