आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री राणाले नेपाल–भारतबिचको समस्या पहिचान गरी समाधान गर्नुपर्छ : पूर्वराजदूत उपाध्याय

आइतबार, ०२ भदौ २०८१, १७ : २३
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ । भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल–भारतबिचको समस्या पहिचान गरेर उठाउनुपर्नेमा जोड दिएका छन् ।

समस्या पहिचान भयो भने धेरै कुरा आफै समाधान हुने उनले बताए । आजदेखि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा छिन् । सोही भ्रमणका बारेमा न्युज एजेन्सी नेपालसँग कुराकानीमा उनले नेपाल–भारतबिचको समस्या समाधान गर्न राणालाई अवसर रहेको बताए । 

एउटा अर्को प्रसंगमा उनले नेपालबाट भारत भ्रमणमा गएका मन्त्री वा  सचिवलाई त्यो भन्दा माथिल्लो तहका व्यक्ति भेट्न निकै सकस हुने भएपनि नेपालमा विदेश सचिव आएर एकैदिनमा सबैलाई भेटेको टिप्पणी गरे ।

‘आउनेले सबैलाई भेट्न चाहन्छ नै । तर नेपालको तर्फबाट पनि त्यसमा सचेत हुनुपर्ने हो नि’, उनले भने, ‘कसलाई भेट दिने, कसलाई नदिने सोच्नु पर्छ ।’

केही दिन पहिले भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आएर राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, पार्टीका शीर्ष नेताहरु सबैलाई भेटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप