वैदेशिक रोजगार विभागका महानिर्देशकको सरुवा
आइतबार, ०२ भदौ २०८१, १७ : १३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशकको सरूवा गरेको छ । हालका महानिर्देशक डण्डुराज घिमिरेको सरुवा गरेको हो । उनको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सह–सचिव सुर्यबहादुर खत्रीलाई विभागमा पठाएको छ ।
२०८० पुस १३ गते मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका घिमिरेलाई विभागको महानिर्देशक बनाएर पठाएको थियो । महानिर्देशक भएर गएको ८ महिनाकै घिमिरेको सरूवा गरिएको हो ।
खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट उनको गृह मन्त्रालयमा सरूवा गरिएको थियो । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले खत्रीलाई गृहबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयमा सरूवा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज विश्वविद्यालयले अङ्ग्रेजी परीक्षालाई कसरी मर्यादित बनाउँछ भन्नेबारे विशेष प्रस्तुति
-
भोलि उपभोक्ता अदालत उद्घाटन हुँदै
-
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकविरुद्ध काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
इस्कोन नेपालमा मनाइयो पुष्प होली, १३ तस्बिरमा हेर्नुहोस्
-
कलङ्कीमा युवकलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ
-
प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त