साफ यु–२० च्याम्पियनसिप फुटबल : उद्घाटन खेलमा नेपालले श्रीलंकालाई हरायो
![साफ यु–२० च्याम्पियनसिप फुटबल : उद्घाटन खेलमा नेपालले श्रीलंकालाई हरायो](https://npcdn.ratopati.com/media/news/cover-football_zfVYCW6oTa.jpg)
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले आइतबार घरेलु मैदानमा खेलिएको खेलमा श्रीलंकालाई १–० गोलले हराएको हो । नेपाली टोलीले पहिलो हाफमै अग्रता लिएको थियो ।
खेल सुरु भएको २३औँ मिनेटमा नेपालका लागि निराजन धामीले पहिलो गोल गरेका थिए । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो । प्रारम्भदेखि नै नेपालले भ्रमणकारी टोली श्रीलंकालाई दबाबमा राखेको थियो ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइएको हो । उद्घाटन खेल दशरथ रंगशालामा खेलाइने भनिए पनि मैदानको अवस्था सन्तोषजनक नरहेकाले अन्तिम समयमा एन्फा कम्प्लेक्सको मैदानमा सारिएको थियो ।
प्रतियोगितामा दक्षिण एसियाका ६ वटा राष्ट्रको सहभागिता रहेको छ । नेपाल र श्रीलंकाका अतिरिक्त भारत, बंगलादेश, माल्दिभ्स र भुटान पनि सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म