सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
प्रगति विवरण

८ अर्ब ६६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बजेट व्यवस्थापनको पहल

आइतबार, ०२ भदौ २०८१, १६ : ४४
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अघिल्लो आर्थिक वर्षको ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताएको छ ।  विभिन्न निर्माण कम्पनीहरुलाई बजेट अभावका कारण भुक्तानी दिन नसकिएको भन्दै मन्त्रालयले सो रकमको विवरण संकलन भएको र बजेट व्यवस्थापन गरी भुक्तानीको पहल थालिएको जानकारी दिएको छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री देवेन्द्र दाहालले नागढुंगा गुरुङमार्गको मुख्य टनेलमा श्रवणमा मात्र १८८ मिटर कंक्रिट लाइनिङ कार्य सम्पन्न भई २ हजार ४२६ मिटर लाइनिङ कार्य सम्पन्न भएको जानकारी दिए । 

यसैगरी ११२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग अन्तरगर्त १४४ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?