बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रगति विवरण

भौतिक पूर्वाधार मन्त्रालयको एक महिनाको वित्तीय प्रगति ६ अर्ब १६ करोड (२३ बुँदे कार्यप्रगतिसहित)

आइतबार, ०२ भदौ २०८१, १६ : ३१
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयको एक महिनाको वित्तीय प्रगति ६ अर्ब १८ करोड रुपैयाँ भएको छ । 

विभागीय मन्त्री देवेन्द्र दाहालले आइतबार आफ्नो कार्यकालको एक महिने प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् । 

आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन भएको बजेटमध्ये श्रावण मसान्तसम्म सो रकम खर्च भई ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले जानकारी दिए । 

यस्तै आफ्नो एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेस भएको, राष्ट्रिय राजमार्ग अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको, सडक बोर्ड पूर्ण दिइएको उनले जानकारी दिए । 

दाहालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका कामकारबाहीको विवरणसहित २३ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप