भ्रष्ट व्यवस्था र भ्रष्ट शासकको अन्त्यका लागि आन्दोलन आबश्यकः कमल थापा
आइतबार, ०२ भदौ २०८१, १६ : १९

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिका लागि आन्दोलन आवश्यक भएको बताएका छन् । त्यसका लागि राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको उनको भनाइ छ ।
आइतबार राजधानीमा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवादको वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे ।
थापाले भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै विदेशी प्रभाव र दबाबबाट मुक्त गर्न र स्वाधीनताको रक्षाका लागि आन्दोलन आवश्यक भएको बताए ।
कार्यक्रममा डाक्टर विष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्ज्वल पोखरेल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग