एन्फाभित्रको आर्थिक अनियमितता छानबिनको मागसहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आर्थिक अनियमितता मौलाएको आरोपसहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले एन्फाभित्र ब्यापक आर्थिक अनियमितता रहेको आरोपसहित निश्पक्ष छानबिन र दोषी उपर कारवाहीको माग गर्दै आइतबार केन्द्रमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा पछिल्लो समय एन्फा बेतिथी र आर्थिक अनियमितता मौलाएको, एन्फा विभिन्न काण्डमा मुछिएको, एन्फाका पदाधिकारीद्वारा नीति–नियमलाई बेवास्ता गरिएको, लामो समयदेखि घरेलु फुटबल अवरुद्ध बनेको, खेलाडीको हक–हितमा कुनै काम हुन नसकेको, खेलाडीले पाउने सुविधा लामो समयदेखि उपब्ध गराउन नसकेको, एन्फाका पदाधिकारी भ्रष्टाचारमा लिप्त रहेको जस्ता गम्भीर आरोपहरु लगाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा विज्ञ टोली गठन गरी निश्पक्ष छानबिनको माग पनि गरिएको छ । उजुरीमा एन्फाका महासचिव किरण राईले खेल सामाग्री खरिद गर्दा शेर्पा आउट डुअर स्पोर्टस गुड्स इन्डष्ट्रिज प्रालि (केटीएम सिटी) सँग ब्यक्तिगत फाइदाका लागि गैरकानुनी रुपमा बार्गेनिङ गरेको आरोप लगाइएको छ । केटीएम सिटीबाट पटक–पटक गैरकानुनी रुपमा रकम बुझेको आरोप पनि महासचिव राईमाथि लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?