पार्टी बनाउन नेतृत्वमाथि खबरदारी आवश्यक : ओम शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एसिया प्रदेश कमिटीका सहइन्चार्ज ओम शर्माले पार्टी बनाउनका लागि सबैतिरबाट नेतृत्वमाथि खबरदारी आवश्यक रहेको बताएका छन् । जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैटौँ अधिवेशनलाई आइतबार कोरियामा सम्बोधन गर्दै उनले नेताहरूमाथि खबरदारी गरिराख्न समेत आग्रह गरे । शर्माले नेपालमा सबै राजनीतिक दल बिग्रिएको भए पनि तुलनात्मक रूपमा माओवादी ठिक भएको दाबी गरे ।
‘सबै दल बिग्रिएका छन्, तीमध्ये सबैभन्दा राम्रो माओवादी हो । कांग्रेस र एमाले हिजै मिल्नुपर्थ्यो । बल्ल बुद्धि फिर्यो । अब हामी जनतामा जाने हो । दुई तीन चोटि हराउलान् केही छैन । हामी धुलो टकटक्याउँदै फेरी उठ्ने हो’, उनले भने, ‘हामीले जनताका मुद्दा र एजेन्डा उठायौँ भने फेरि त्यो ठाउँमा पुग्छौं । सत्ता ठुलो कुरा होइन, प्रतिपक्षमा बसेर नै जनताका कुरा उठाउँछौँ ।’
कार्यक्रममा उनले माओवादीले भन्दा राम्रो काम देखाउन कांग्रेस र एमालेका नेताहरूलाई सुझाव दिए । अध्यक्ष शर्माले सङ्घीयतालाई अधिकारविहीन बनाएर सबै अधिकार केन्द्रले राख्दा समस्या आएको बताए ।
‘मुख्यमन्त्रीले कर्मचारीसमेत नियुक्त गर्न सक्दैन । वडाध्यक्ष भन्दा पनि कमजोर छ । त्यसका लागि सबैले प्रश्न गरिराख्नुपर्छ । परिवर्तनबाट प्राप्त उपलब्धि जोगाउने सबैको कर्तव्य हो’, उनले भने ।
जनअपेक्षा अनुसार धेरै काम गर्न नसके पनि पार्टी सरकारमा हुँदा थोरै भए पनि राम्रा काम गरेका शर्माले बताए । गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने, विदेशबाट फर्किएका नेपालीहरूलाई रोजगारीको व्यवस्था गर्ने काम माओवादी नेतृत्वकै सरकारले गरेको उनले दाबी गरे । उनले एनआरएनमा बसेर राजनीति गर्ने, व्यापार गर्ने, ठग्ने काम बन्द गर्न समेत आग्रह गरे ।
कार्यक्रममा मञ्चका अध्यक्ष विनोद कुँवरले सरकारले राम्रा नीति बनाएर कार्यान्वयन नगरेसम्म नेपालको विकास हुन नसक्ने धारणा राखे । साथै कोरियामा रोजगारी र अध्ययनका लागि आउने नागरिकहरूका समस्या समाधानका लागि पहल भइरहेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई