आईपीएलमा फर्कने तयारीमा अस्ट्रेलियाका स्मिथदेखि इङ्ल्यान्डका स्टोक्ससम्म

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि मेगा अक्सनको मिति घोषणा हुनुअघि सहभागी क्लबहरु आ–आफ्नो रणनीति बनाउन ब्यस्त देखिएका छन् ।
आईपीएलको मेगा अक्सनका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले छिट्टै मिति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मेगा अक्सनअघि नै सहभागी क्लबहरुले आगामी सिजनका लागि रिटेन गर्ने (आगामी सिजन पनि आफूसँगै राख्ने) र रिलिज गर्ने (अन्य क्लबमा जान स्वतन्त्र छाडने) खेलाडीहरुको सूचि सार्वजनिक गर्नु पर्नेछ ।
विश्व क्रिकेटमा नाम चलेका केही खेलाडी पनि आगामी सिजनको आईपीएलमा फर्कने तयारी गरिरहेका छन् । विभिन्न कारणले यसअघिका केही संस्करण गुमाएका खेलाडीहरु पुनः आईपीएलमा फर्कने तयारीमा जुटेका हुन् ।
समाचारमा जनाइए अनुसार, अस्ट्रेलियाका स्टिभन स्मिथ पनि यो सूचिमा छन् । प्रभावशाली ब्याट्सम्यान स्मिथले यसअघि आईपीएलको तीनवटा संस्करणमा सहभागिता जनाएका थिएनन् । उनले पछिल्लो पटक सन् २०२१ मा आईपीएल खेलेका थिए ।
पछिल्लो समय भने अन्तर्राष्ट्रिय क्रिकेटमा स्मिथको प्रदर्शन उत्कृष्ट देखिएको छ । त्यसैले आईपीएलका विभिन्न क्लबले सन् २०२५ को संस्करणका लागि उनीमाथि आँखा लगाएका छन् । स्मिथ आफै पनि आईपीएलमा फर्कन इच्छुक देखिएका छन् ।
यसैगरी, भारतीय युवा ब्याट्सम्यान सरफराज खानलाई अघिल्लो सिजनको आईपीएलमा कुनै पनि क्लबले किनेका थिएनन् । त्यतिबेला उनको प्रदर्शन पनि गतिलो देखिएको थिएन । त्यसअघि सन् २०२३ को संस्करणमा पनि उनको प्रदर्शन निराशाजनक रहेको थियो ।
त्यसैले पनि सन् २०२४ को संस्करणमा उनलाई कुनै क्लबले खरिद गर्न नचाहेका हुन् । तर, पछिल्लो समय उनको प्रदर्शनमा सुधार देखिएको छ । सरफराज खानले यही वर्ष भारतको टेस्ट टोलीमा पनि ‘डेब्यू’ गरेका छन् । यसका अतिरिक्त घरेलु क्रिकेटमा पनि उनको ब्याटिङ उत्कृष्ट देखिएको छ । त्यसैले अहिले उनीमाथि विभिन्न क्लबले चाखो देखाउन थालेका छन् ।
यसैगरी, इङ्ल्यान्डको टेस्ट टोलीका कप्तान बेन स्टोक्स पनि आगामी सिजनको आईपीएलमा फर्कने सम्भावना बढेको छ । उनले यसअघि सन् २०२४ को आईपीएल खेलेका थिएनन् । त्यसअघि सन् २०२३ को संस्करणमा उनले चेन्नई सुपर किङ्सबाट आईपीएल खेलेका थिए ।
तर, त्यतिबेला पनि उनले घाइते समस्याका कारण गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । पछिल्लो समय उनी पनि लयमा देखिएका छन् । उनले हाल इङ्ल्यान्डमा जारी फ्रेन्चाइज प्रतियोगिता ‘दी हन्ड्रेड’ पनि खेले । उनी पनि आगामी सिजनको आईपीएलमा फर्कने बलियो सम्भावना छ ।
यसैगरी, ताबरिज शाम्सी दक्षिण अफ्रिकाका प्रभावशाली खेलाडी हुन् । उनले लामो समयदेखि आईपीएल खेलेका छैनन् । उनले पछिल्लो पटक सन् २०२१ मा आईपीएल खेलेका थिए । त्यो सिजन उनी राजस्थान रोयल्समा आबद्ध थिए ।
त्यो सिजन उनले मैदानमा ओर्लने अवसर पाएका थिएनन् । तर, हालै सम्पन्न टी–२० विश्वकपमा उनको प्रदर्शन उत्कृष्ट देखिएको थियो । त्यसैले आगामी सिजनको आईपीएलमा केही क्लब उनलाई भित्राउने धुनमा छन् ।
यसैगरी, इङ्ल्यान्डका बायाँहाते तिब्रगतिका बलर हुन्, टाइमल मिल्स । उनले पछिल्लो पटक सन् २०२२ मा आईपीएल खेलेका थिए । त्यो सिजनको आईपीएलमा उनी मुम्बई इन्डियन्समा आबद्ध थिए । त्यसअघि उनले रोयल च्यालेन्जर्स बैंगलुरुबाट पनि खेलेका थिए ।
तर, पछिल्लो दुई सिजन भने उनलाई कुनै पनि क्लबले खरिद गरेनन् । पछिल्लो समय भने उनको प्रदर्शनमा सुधार देखिएको छ । त्यसैले आगामी सिजनमा भने उनी आईपीएलमा फर्कने बलियो सम्भावना छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नागरिकता वितरण सुरु
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’
-
टिजर आउने बित्तिकै भारतमा चर्कियो फवाद खानको ‘अबिर गुलाल’ को विरोध
-
बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त
-
तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय