एआईको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या बढेपछि साइबर ब्युरोले गरायो सचेत

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ । ‘पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरी कुनै संगठन तथा व्यक्तिलाई विशेष लक्षित रही चरित्रमा निर्मम आघात पुर्याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य दृश्य सामग्री तयार तथा प्रसारण गरी–गराई सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गर्ने/गराउने घटनाक्रम बढ्दै गइरहेको पाइएको हुँदा यस प्रकारको गतिविधि गर्न अनुरोध गरिन्छ’, ब्युरोले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै यस्तो कार्य गरेको पाइएमा त्यसको जबाफदेही स्वयम् आफैँ हुनुपर्ने भएकाले कानुनी झन्झटमा पर्नबाट जोगिन ब्युरोले सचेत गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौँ : विप्लव
-
नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन, तस्बिरहरू
-
रास्वपाभित्र कुनै गुट–उपगुट छैन, सबै रवि गुट मात्र : अर्याल
-
मेरो गोरखपुरको यात्रा
-
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा
-
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड