ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आईतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
पदभार सम्हाल्दै प्रमुख कार्यकाी अधिकृत रेग्मीले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिवद्धता जनाए ।
यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास व्यक्त गरे । ग्लोबल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताए ।
ग्लोवल आइएमई बैंक निक्षेपकर्ता र शाखा बिस्तारमा देशकै ठूलो बैंक मानिन्छ । ग्लोवल आइएमई बैंकको नयाँ सिईओको रुपमा नियुक्त भएका रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत रहेका थिए । सीइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
-
हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
-
२६ तस्बिरमा हेर्नुहोस् विराटनगरमा होलीको रौनक
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
६० वर्षीय अमिरकी तेस्रो प्रेमिका गौरी को हुन् ?
-
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च