थाई नरेशद्वारा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा प्रधानमन्त्रीमा अनुमोदन
बैंकक । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् । सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो ।
यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उहाँका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो । राजाको अनुमोदनसँगै अब पेन्टोङ्टार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नेछन् ।
मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ । अल जजिराका अनुुसार हालै थाई संसद्ले पेन्टोङ्टार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो ।
संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान पेन्टोगटार्नले लिएका हुन् । उङ इङ उपनामले प्रसिद्ध पेन्टोङ्टार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनी परिवारको तेस्रो सदस्य हुन् ।
संसद्ले ३७ वर्षीया पेन्टोगटार्नलाई उनको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?