फिल्म ‘आँखा’ असोज ११ बाट प्रदर्शनमा आउने
काठमाडौँ । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी लामा सिनेमाजले फिल्मको एक नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको जानकारी दिएको हो । यो मितिमा अहिलेसम्म कुनै पनि नेपाली फिल्म छैन । अहिलेसम्मको तालिकाअनुसार फिल्मले एकल प्रदर्शनको अवसर प्राप्त गर्नेछ ।
सुकुम्वासी बस्ती र सूर्यमुखी फूललाई पृष्ठभूमि बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर–समानसहितका झोला लिएर निस्केको देखिएका छन् । पोस्टरबाट उनीहरू बस्ती छोडेर बाहिरिँदै गरेको आकलन गर्न सकिन्छ ।
फिल्मका निर्देशक जौन योन्जन हुन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्ले प्रदर्शन तथा वितरणको अधिकार लिएको छ ।
फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा र अभयराज बरालको अभिनय छ ।
नेपाली रङ्गमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको जम्बो टिम रहेको फिल्मलाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह–निर्मातामा रेनुका कार्की ढोली छिन् ।
फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायाङ्कन रहेको फिल्ममा सङ्गीत दीपक आरजे र जयन जे वाइबाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय