३ जना मृतावस्थामा फेला
आइतबार, ०२ भदौ २०८१, ११ : ४७
काठमाडौं । विभिन्न स्थानबाट तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-४ सिमथरीस्थित सडक छेउमा सोही नगरपालिका-५ बनखेत बस्ने ७१ वर्षीय लाल बहादुर बिष्ट शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ छिम्ति दोभानस्थित छिम्ती खोलाको किनारमा हाल पनि नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी भक्तपुरको मध्यपुरथिमि नगरपालिका-२ दिव्यश्वरी प्लानिङ्स्थित सडक छेउमा समेत अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कायार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक