समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्तावेजलाई अन्तिमरूप दिन समाजवादी मोर्चाको सचिवालय बैठक आइतबार बस्ने भएको छ । प्रचण्ड नेतृत्वको सरकार ढलेपछि साउन १ गते पहिलोपटक बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्तावेज तयार गरी १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।
सोही विषयलाई टुंग्याउन नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्न लागेको सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘दस्तावेज तयार भइसकेको छैन । यसलाई अन्तिमरूप दिन दिउँसो सचिवालयको बैठक बस्दैछ’, रातोपाटीसँग श्रेष्ठले भने ।
दस्तावेज तयार नहुँदा १५ दिनमा बस्ने भनिएको मोर्चाको बैठक एक महिनापछि पनि बस्न सकेको छैन । यद्यपि बैठकको एजेण्डा तय गर्न मोर्चाका संयोजक समेत रहेका नेत्रविक्रम चन्द विप्लवले शीर्ष नेताहरूलाई भेट गरेका छन् ।
उनले पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र माधव नेपालसँग भेटवार्ता गरिसकेका छन् । बैठक बस्ने सम्बन्धमा शीर्ष नेताहरूसँग परामर्श भइरहेकाले केही दिन ढिलाई हुने विप्लवका सचिवालयले जनाएको छ । यसअघि एकीकृत समाजादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी संविधान संशोधन र भ्रष्टाचारविरुद्ध सदन र सडकबाट दबाब दिने योजना बनाउने निर्णय गरेको थियो ।
मोर्चाबाट उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि यादव समुह भित्रिएको छ । कार्यदलमा नेसपाबाट श्रेष्ठसहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेकपाबाट खड्कबहादुर विश्वकर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश
-
उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए