नौ वर्षयताकै खराब नतिजा निकाल्यो इन्टर मिलानले

काठमाडौँ । इन्टर मिलान सन् २०१५ पछि इटालियन सिरिए फुटबल प्रतियोगिताको नयाँ सिजनको आफ्नो सुरुवाती खेलमा जित हात पार्न नसक्ने पहिलो क्लब बनेको छ ।
इटालियन सिरिएको नयाँ सिजनको शनिबार राति सम्पन्न आफ्नो पहिलो खेलमा इन्टर मिलान तुलनात्मक रुप्मा कमजोर प्रतिद्वन्द्वी जेनोआसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता घरेलु टोली जेनोआले लिएको थियो । जेनोआका लागि पहिलो गोल खेल सुरु भएको २० औँ मिनेटमा एलेज्यान्ड्रो भोग्लिएकोले गरेका थिए ।
साविक विजेता इन्टर मिलानका लागि ३० औँ मिनेटमा मार्कुस थुरमले जवाफी गोल फर्काएका थिए । ८२ औँ मिनेटमा मार्कुस थुरमले नै आकर्षक गोल गर्दै इन्टर मिलानलाई २–१ ले अगाडि बढाएका थिए ।
खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा जेनोआका लागि जुनियर मेसियसले बराबरी गोल फर्काएका थिए ।
सोही गोलका कारण जेनोआ नयाँ सिजनको आफ्नो पहिलो खेलमै बलियो प्रतिद्वन्द्वीसँग अंक बाँडन सफल भयो । इन्टर मिलानले ३८ खेलबाट ९४ अंक जोड्दै अघिल्लो सिजनको उपाधि जितेको थियो ।
इन्टर मिलानका प्रशिक्षक इन्जाघीले टोलीका लागि नतिजा निराशाजनक भएको बताए । सोही राति सम्पन्न अर्को खेलमा एसी मिलानले टोरिनोलाई २–२ गोलको बराबरीमा रोक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण