परराष्ट्रमन्त्री राणा आज भारत जाँदै
आइतबार, ०२ भदौ २०८१, ०७ : ४३

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ ।
मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ८ को परीक्षाः बेनीका दुई विद्यालयको नतिजा शून्य
-
वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत