मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर मृत्यु
आइतबार, ०२ भदौ २०८१, ०६ : ५७

काठमाडौँ । जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।
मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका-४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यता महोत्तरीको लोहारपट्टी नगरपालिका-५ लोहारपट्टी बस्ने २४ वर्षीय आरिफ शेखको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।
बलबा नगरपालिका-११ रौजा बस्ने नुख्तार शेखको साउन्ड सिस्टममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?