छुट्टाछुट्टै ठाउँमा आठ जना मृत अवस्थामा फेला
आइतबार, ०२ भदौ २०८१, ०६ : ५०
काठमाडौँ । देशका विभिन्न स्थानमा ८ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- कैलाली, टीकापुर नगरपालिका-२ मिलन चोकस्थित बिष्टपाटी कुलोमा सोही नगरपालिका बिजयनगर बस्ने ३५ वर्षीया बालकुमारी चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- गोरखा, सिरानचोक गाउँपालिका-७ साढीमुरेस्थित कच्ची सडकमा सोही ठाउँ बस्ने ४३ वर्षीय पदमराज ढकाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-१२ सिपाघाटस्थित इन्द्रावती खोलामा मेलम्ची नगरपालिका-८ किउरेनी बस्ने ५० वर्षीय काइँला तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३ दावीस्थित भोटेकोशी नदीको किनारमा सोही गाउँपालिका-३ जात्राथली बस्ने ५५ वर्षीय मान बहादुर बस्नेत शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रोल्पा, माडी गाउँपालिका-१ रिसम्जास्थित चिउरीघाट खोलाको किनारमा गंगादेव गाउँपालिका-२ बस्ने ६५ वर्षीया तुलसी कामी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार बेलुकी गंगादेव गाउँपालिका-२ स्थित शुक्खाओडार खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
- बारा, कलैया उपमहानगरपालिका-२ स्थित दोहरी चौक सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, बिर्तामोड नगरपालिका-५ सूर्यदय टोल सुक्कुमबासी लाईन बस्ने ५५ वर्षीय राईमाइला भनी चिनिने पुरुष आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बाँके, नेपालगन्ज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर नजिकै रहेको नालाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !