न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान
आइतबार, ०२ भदौ २०८१, ०६ : ३६

कास्की। गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको सूचनामा ७१ जना न्यायिक सहजकर्ता माग गरिएको उल्लेख छ ।
सूचनामा गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउन दरखास्त आह्वान गरिएको बताइएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र यस कार्यालयमा आवेदन दिन अनुरोध गरिएको छ।
यस सम्बन्धी फाराम, कार्य विवरण, पारिश्रमिक, सेवाका सर्तहरू स्थानीय न्यायिक सहजकर्ता ( छनौट तथा परिचालन) कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिम हुनेछ ।
- हेर्नुहोस् सूचना :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा
-
कोहलीको नाममा अर्को कीर्तिमान