आर्सनलको जितमा शाकाको शानदार प्रदर्शन
आइतबार, ०२ भदौ २०८१, ०६ : १५

काठमाडौँ । बुकायो शाकाको प्रेरणामा आर्सनलले वूल्भ्समाथि सहज जित हासिल गर्न सफल भएको छ । शनिबार राति प्रिमियर लिग अन्तरगतको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो ।
शाकाले पहिलो हाफको २५ औँ मिनेटमा काई हाभर्ट्जका लागि गोलको अवसर सिर्जन गरेका थिए । दोस्रो हाफको ७४ औँ मिनेटमा हाभर्ट्जले पैँचो तिर्दै शाकाका लागि गोलको अवसर सिर्जना गरे ।
शनिबार नै भएका अन्य खेलमा ब्राइटनले एभर्टनलाई ३–० गोलले हरायो । त्यस्तै, न्युक्यासलले साउथह्याम्पटनमाथि १–० को जित हासिल गर्यो ।
नटिङह्याम फरेस्ट भने बोर्नेमाउथसँग १–१ को बराबरीमा रोकियो । एस्टन भिल्लाले वेस्ट ह्यामलाई उसैको घरेलु मैदानमा २–१ गोलले पराजित गर्न सफल रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल