लेबनानमा इजरायली आक्रमणमा परेर कम्तीमा १० जनाको मृत्यु
शनिबार, ०१ भदौ २०८१, २० : १७

बेरुट । लेबनानको दक्षिणी सहर नाबातीहमा इजरायलले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । यस भवनमा सिरियाली शरणार्थीहरू बस्दै आएको स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका हुन्।
लेबनानको सरकारी समाचार एजेन्सीले मारिनेमा दुई बालबालिकासमेत रहेको जनाएको छ । इजरायलले भने हिजबुल्लाहको हतियार गोदामलाई निशाना बनाएको बताएको छ ।
लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाह कमाण्डर मारिएपछि दुई देशबिचको तनाव निकै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा