आजपाले बोलायो केन्द्रीय कमिटीको बैठक, के-के छन् छलफलका एजेन्डा ?

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आउँदो भदौ ११ र १२ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बोलाइएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
बैठकमा तेस्रो जनआन्दोलनको रणनीति तय हुने उनको भनाइ छ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको भन्दै उनले बैठकमा त्यसबारेमा अगामी कार्ययोजना समेत पेस हुने जानकारी दिए ।
आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गरे । बैठकले अब हुने आन्दोलन सशक्त र कडा बनाउने योजना सहित अगाडि बढ्ने बताए ।
बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समीक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैङ्किङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समीक्षा हुने एजेन्डा तय भएको छ । साथै यी आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र अगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बारेमा समेत छलफल र योजना बनाउने काम हुने उनको भनाइ छ ।
यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै सशक्त बनाउने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुने साहले बताए ।
आजपा प्रवक्ता चन्द्रभुषण साहका अनुसार बैठकबाट पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रित कार्यविभाजन समेत हुने हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ