मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरेली व्यवसायीलाई लाग्यो चुनाव, अर्जुनले घोषणा गरे प्यानल

शनिबार, ०१ भदौ २०८१, १९ : १८
शनिबार, ०१ भदौ २०८१

पोखरा । पोखराका उद्योगी व्यवसायीहरूलाई चुनावी चटारोले छोपेको छ । आगामी भदौ २८ र २९ गते हुने पोखरा उद्योग वाणिज्य सङ्घको ३५ औँ अधिवेशनबाट २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित हुँदैछन् । त्यसैका लागि व्यवसायीहरू प्यानल बनाएर निर्वाचनमा होमिन लागेका हुन् ।

अघिल्लो वर्ष पनि अध्यक्षमा पराजित भएका व्यवसायी अर्जुन पोखरेलले प्यानल घोषणा गरेका छन् । शनिवार एक कार्यक्रम आयोजना गरी आफ्नो प्यानलका उम्मेदवार सार्वजनिक गरेका हुन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उपाध्यक्ष (उद्योग) दिनेश बास्तोला र उपाध्यक्ष (वाणिज्य) बलराम आचार्य उम्मेदवार बन्नेछन् ।

यस्तै, महासचिव शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइरालाको उम्मेदवारी सार्वजनिक भएको छ । सदस्यहरूको सूची तयार भइरहेको अध्यक्षका उम्मेदवार पोखरेलले बताए । उद्योगी व्यवसायीका समस्या समाधानका लागि उद्योग वाणिज्य सङ्घले नेतृत्वदायी भूमिका खेल्नुपर्ने भएकोले त्यसको लागि आफ्नो टिम सक्षम रहेको उनले बताए ।

‘व्यवसायीहरू आफ्ना व्यवसायलाई निरन्तरता दिन पाइरहेका छैनन् । घर भाडा, तलब, ब्याज, कर तिर्न ऋण लिनुपर्ने अवस्था छ,’ उनले भने, ‘व्यापार, व्यवसाय, कारोबार गिर्दो छ । पोखराका व्यवसायी अन्य क्षेत्रभन्दा बढी मारमा परेका छन् । सबै चुनौतीलाई समाधान गर्न पोखरा उद्योग वाणिज्य सङ्घले नेतृत्वदायी भूमिका खेल्नुछ ।’ बाँकी सदस्यहरू पनि केही दिनमै घोषणा गरिने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप