दशौँ राष्ट्रिय खेलकुद : १०० दिने काउन्टडाउन गरिएकोप्रति किन जनाए मुख्यमन्त्रीले असन्तुष्टि ?
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद्ले थालेको अभियानबारे असन्तुष्टि जनाएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग गरिएको छलफल कार्यक्रममा कँडेलले असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रदेश खेलकुद परिषद्ले प्रतियोगिता सुरु हुन १०० दिन बाँकी रहेको दिनका अवसरमा ‘१०० दिने काउन्टडाउन’ कार्यक्रम गरेको थियो । त्यसको उद्देश्य भनेको समय कम रहेको र तयारीका लागि हरेक दिन मेहनतका साथ लाग्नुपर्ने भन्ने थियो । सोही अनुसार वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाको काम धमाधम भइरहेको छ । तर मुख्यमन्त्री कँडेलले प्रतियोगिताको दिनगन्ती गरेको भन्दै आक्रोश पोखे । उनले अहिले नै खेलकुद प्रतियोगिताको लागि दिनगन्ती सुरु हुने बेला नभएको बताए । साथै त्यसअनुसार अहिलेको व्यवस्थापन कमजोर भएको धारणा कँडेलले राखेका थिए।
निर्धारित समयअनुसार आगामी मङ्सिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । त्यसबेला सम्म अहिलेको अवस्थाअनुसार व्यवस्थापन कमजोर रहेको टिप्पणी गरे ।
प्राप्त बजेटबाट दक्षता देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै ठाउँ ठाउँ पुगेर विभिन्न माग नराख्न ध्यानाकर्षण गराए । गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गराए।
कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम प्रयास गरी निराश हुन नदिने प्रतिबद्धता जनाए। तर प्रतियोगिताको तयारी र प्रदेशका खेलाडीको आवश्यक तयारीका लागि बजेट अभाव भइरहेको परिषद्ले जनाएको छ ।
आयोजना राष्ट्रिय खेलकुद परिषद्को भए पनि अहिलेसम्म केन्द्रबाट खासै ध्यान नदिइएको र प्रदेशले आफ्नै क्षमता अनुसार काम गरिरहेको छ ।
कार्यक्रममा अर्थमन्त्री राजीवविक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न भूमिका अनुसारको दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेट लगायतका व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाए।
कार्यक्रमको अध्यक्षता समेत गरेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्धारित प्रतिस्पर्धी खेलहरूमध्ये थप खेलहरू समावेश गर्नका लागि आफ्ना तर्फबाट गर्नुपर्ने कामहरू आन्तरिक रूपमा बढाइरहेको जानकारी दिए।
प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा रहेको प्रस्ट पारे। उनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु हो र कर्णालीले दुई अङ्कको पदक लिनुपर्ने चुनौती देखिएको बताए।
यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षण सहितका आवश्यक व्यवस्थापनका लागि तयारी भइरहेको बताए। व्यवस्थापनको पक्षमा कुनै पनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषद्लाई निर्देशन दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतीय ब्याट्सम्यानको लज्जास्पद प्रदर्शन, १५० रनमै अलआउट
-
‘तिम्रै दर्शन’मा अस्मिता र सुन्दरको अभिनय
-
रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?