आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सीमा र जयको तिज गीत ‘श्रीमान् श्रीमती’ सार्वजनिक

शनिबार, ०१ भदौ २०८१

काठमाडौँ । सीमा थापा र जय देवकोटाको तीज गीत ‘श्रीमान् श्रीमती’ सार्वजनिक गरिएको छ । गीतमा सागर बिसीको शब्द, संगीत छ । गीतमा स्वर गायिका सीमा थापा र ओम सेन्चुरीको रहेको छ । संगीत संयोजनको काम भने हेमन्त शिशिरले गरेका छन् । गीतमा श्रीमान् र श्रीमतीका कुराहरू समेटिएका छन् ।

गीतको भिडिओमा सुरेश कोहली र उषा सुवेदीको अभिनय रहेको छ । महेश महराले खिचेको भिडिओ अमृत चापागाईंले सम्पादन गरेका हुन् । 

प्रवीण थापाले  निर्देशन गरेको भिडियो सीमा थापा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायिका सीमा र गायक जयको यसअघि तिज गीत ‘नाटकै बढी मायालु’ आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया