विदेशी ब्वायफ्रेन्ड–गर्लफ्रेन्ड बनाउन अङ्ग्रेजी सिक्ने !
मैले जीवनमा पहिलो विदेश भ्रमण गरेको देश थियो, थाइल्यान्ड । सन् २००५ मा एक हप्ताको पर्यटक बनेर म त्यहाँ पुगेकी थिएँ । मुख्य सहर र पर्यटकीय क्षेत्रमा अङ्ग्रेजी भाषा प्रयोग गरिने भएकाले खासै समस्या परेन । साथै थाइल्यान्डमा प्रशस्त मात्रामा बर्मेली (बर्मा र म्यानमारबाट आएका)हरूको बसोबास भएको र उनीहरूमध्ये कतिपयले नेपाली भाषा (गोर्र्खा भाषा) बोल्ने भएकाले थप सहज भयो । ठाउँठाउँमा गोर्खाली भाषा बोलिएको सुन्दा त आफ्नै देशको सहरमा छु कि जस्तो लाग्थ्यो ।
थाई नागरिकले ‘सवास्दी’ (नमस्कार) र ‘खोब खुन’ (धन्यवाद) भन्दै केही झुकेर हामीजस्ता अतिथिलाई स्वागत गर्थे । यसले पनि अझ आत्मीय महसुस हुन्थ्यो ।
दोस्रोपटक सन् २०१२ मा मैले सपरिवार थाइल्यान्डको दशदिने भ्रमण गरेँ । छोराछोरी समेत साथमा भएकाले त्यो बेला झनै रमाइलो भयो । त्यसअघि म तीन वर्ष बेलायत बसेकी थिएँ । त्यसैले थाइल्यान्ड र इङ्ग्ल्यान्डको भौतिक विकासका बारेमा तुलना गर्दै छोराछोरीसँग कुरा गर्थंे ।
सन् २०१५ को मार्चमा म तेस्रोपटक थाइल्यान्डको राजधानी बैङ्कक पुगेँ । यतिखेर म पर्यटक थिइनँ । घुम्नु र रमाउनुभन्दा बढी जरुरी थियो काम गर्नु र जीविका चलाउनु । तीन वर्षको बेलायत बसाइबाट मैले संघर्षलाई राम्रैसँग अनुभूत गरेकी थिएँ । त्यहाँ केही कमाउने र केही रमाउने अवसर मिलेको थियो । पारिवारिक दबाबका कारण सबै छाडेर नेपाल आउन बाध्य भएँ । बेलायत बसाइका क्रममा पढेर, सिकेर, देखेर, भोगेर जानेका राम्रा कुराहरू व्यवहारमा उतार्छु भन्ने अभिलाषा लिएर नेपाल आएकी थिए“, तर समय र परिस्थिति मैले सोचेजस्तो रहेन । आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भनेझैँ भयो ।
‘नेपाल,’ मैले गर्वका साथ भनेँ । त्यसपछि उनीहरूले मेरो हरियो पासपोर्ट वल्टाइपल्टाई हेरे, मेरो अनुहारमा हेरे । केहीबेरको अन्योलतापछि एउटीले भनिन्, ‘सरी म्याडम, वी कान्ट एक्सेप्ट दिस पासपोर्ट । बिकज् योर कन्ट्री इज नट् इन्क्लुडेड् इन् आवर लिस्ट ।’
यसरी आफूले दुई दशकभन्दा लामो समयसम्म मिहिनेत र परिश्रम गरेर हासिल गरेका उपलब्धिहरू एकपछि अर्को गर्दै बिस्तारै खोसिँदै गएपछि निराशा छाउन थालेको थियो । यसको असर मन र तन दुवैमा पर्न थाल्यो । तैपनि त्यसपछि आफूले आफैँलाई सम्हाल्ने प्रयत्नमा लागिरहेँ । मन भुलाउन र व्यस्त रहनका लागि फेरि पद्मकन्या कलेजमा भर्ना भएँ । बेलायतमा पढेर आइसकेको मान्छे फेरि यहाँ किन भनेर प्रश्न गरे कतिपयले । अनि परिवारमै कसैकसैले हाँसो पनि गरे । यो उमेरमा पनि पढ्न जाने भनेर सोधे कतिले । सबैका कटु वचन सुनेर पनि नसुनेझैँ गरिरहेँ मैले । केवल आफ्नो अक्षर प्रेमलाई निरन्तरता दिइरहेँ, कुनै न कुनै तरिकाले । किनकि मैले आफूले आफूलाई व्यस्त राख्ने यही एक सशक्त माध्यम थियो ।
त्यसको केही समयपछि छोरा विदेश उड्यो । छोरीहरू पहिले नै आ–आफ्नो जीवनमा व्यस्त थिए । यसरी व्यावसायिक र व्यक्तिगत जीवनमा भइरहेको उथलपुथल अनि बचेराहरूले पनि गुँड छाडेर उडेपछि म आफूलाई रित्तिँदै गएको महसुस गर्न थालेँ । लाग्थ्यो, मैले जीवनको साढे चार दशकसम्म मिहिनेत गरेर धेरै कुरा जोडेकी छु । परिवार र आफन्तका लागि आफूले सक्दो गरेकी छु, सबैको खुसीलाई आफ्नो खुसी ठानेकी छु । त्यसैले यी सबै कुराले मेरो जीवनको उत्तरार्ध सहज हुनेछ भन्ने सोच्थेँ, तर सोचेजस्तो कहाँ हुँदो रहेछ र ? उपयोगिता सकिएको सामानजस्तो हुन थाल्यो जीवन ।
- नेपालीभाषी माझ
बैङ्ककमा एउटा सानो फ्ल्याट् भाडामा लिएर काम खोज्न सुरु गरेँ । जानेको एउटै मात्र काम थियो, शिक्षण पेसा । केही स्कुलमा गए“ । टिचिङ एजेन्सीमा आफ्नो बायोडाटा र योग्यताका प्रमाणपत्र पेस गरेँ, तर शैक्षिक सत्र सुरु भइसकेको रहेछ । शिक्षकको पदपूर्ति गर्ने काम पूरा भइसकेको रहेछ । तैपनि आवश्यक परेमा सूचित गर्नेछौँ भन्ने किसिमको उत्तर पनि पाए“ । त्यसपछि प्राइभेट ट्युसन पढाउने विचार गरेँ ।
मेरो पैदल हिँड्ने बानी छ, बिहान–बेलुकी पैदल हिँड्दै स्थानीयसँग कुराकानी गर्ने प्रयास गरेँ । एक दिन बिहान म पैदल हिँड्दै थिएँ, केही पर नेपाली भाषामा भजन–कीर्तन गरेको सुनेँ । आवाज आएतिर हेरेँ, अलि पर ‘मन्दिर’ लेखिएको देखेँ ।
श्री कृष्णजीको मन्दिर रहेछ, थुप्रै मानिस भजन–कीर्तन गरिरहेका थिए । म गेटमा उभिएको देखेर एक जनाले भित्र बोलाए । मलाई पिउनका लागि पानी दिइयो । पानी पिएपछि म पनि बसेर उनीहरूसँगै भजन गाउन सुरु गरेँ—
श्रीकृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव ।
एकादशी तुलसी शालिकराम, मलाई पनि बैकुण्ठ लैजाऊ भगवान.. ।
भजन सकिएपछि प्रसाद वितरण गरियो । थाहा भयो, त्यहाँ धेरै बर्मेली नेपालीभाषीको बसोबास रहेछ । नेपालबाट आएको भन्ने थाहा पाएर उनीहरूले बडो आत्मीयताका साथ मलाई स्वागत गरे । आफ्नो पुख्र्यौली थलो नेपाल भएकाले उनीहरुले नेपालीप्रति अगाध प्रेम दर्शाउँदा रहेछन् ।
मेरो नाम ‘सरिता’ अलि लामो भयो उनीहरूलाई । त्यसैले नामको पछिल्लो अक्षर छाडिदिए, बाँकी रह्यो— सरी । अलि तोतेबोलीमा उच्चारण गर्दा ‘र’ पनि ‘ल’ हुन गयो । अनि मलाई ‘सली’ हुँदै ‘टिचर शेली’ भन्न थाले । त्यो विदेशी शेलीलाई मैले नेपालीकरण गर्दै ‘शैली’ बनाइदिएँ ।
म त्यतैतिर बस्ने गरी आएको थाहा पाएर उनीहरु झनै खुसी भए । सधैँ आउनका लागि अनुरोध समेत गरे । नेपालमा छँदा भजन र ध्यानमा त्यति समय दिएका थिइनँ तर त्यहाँ पूरै एक महिना धार्मिक कार्यमा तल्लिन भएँ । मन आनन्दित हुन थाल्यो । उनीहरूको सहयोगी भावना र आत्मीयता देख्दा मेरा साँच्चैका आफन्त त यिनीहरू पो रहेछन् जस्तो लाग्न थाल्यो ।
म शिक्षक भन्ने थाहा पाएपछि उनीहरूले झनै सम्मान गर्न थाले । अधिकांश बर्मेली नेपाली सानै उमेरदेखि कमाउनका लागि थाइल्यान्ड आउने रहेछन् । यसरी आएकाहरूले धेरै पढ्न पाएनन् र सामान्य किसिमको काम गर्नुप¥यो । त्यसैले उनीहरूले आफ्ना सन्तानलाई पढाएका थिए । थाइल्यान्डका अधिकांश सरकारी स्कुलमा थाई भाषामा पढाइ हुने भएकाले अधिकांशको अङ्ग्रेजी कमजोर हुँदो रहेछ । निजी स्कुलले अङ्ग्रेजी पढाए पनि महँगो शुल्क लाग्ने । सरकारी स्कुल पढेकाले अङ्ग्रेजी भाषाको छुट्टै ट्युसन लिनुपर्ने भएकाले मलाई काम मिल्यो । मैले उनीहरूकै बच्चालाई ट्युसन पढाउन पाएँ ।
नेपाल र नेपालीका बारेमा सोधीखोजी गरिरहने बर्मेली मित्रहरू नेपाली चलचित्र हेर्न खुब मन पराउने रहेछन् । म नेपाल गएका बेलामा नेपाली चलचित्रका क्यासेट र नेपाली डिजाइनका पोते–माला ल्याइदिन अनुरोध गर्थे । नेपालका बारेमा कुरा गर्दा राजपरिवारको हत्याकाण्डले अत्यन्त दुःखी भएको, राजपरिवारको फोटो घरमा राखेर पूजा गर्ने गरेको आदि सुनाउँथे । बर्मामा वर्षको एकपटक ‘राजारानी पर्व’ मनाइने गरेको पनि उनीहरूले सुनाए ।
कतिपयले भने आफ्नो घरमा नेपाली हिरो–हिरोइनको फोटो पनि राखेको बताएका थिए । नेपालमा भूकम्प जाँदा ‘रेखा थापा र आर्यन सिग्देल वा अरू कलाकारलाई केही हानि–नोक्सानी भएन नि !’ भन्दै चिन्ता व्यक्त गर्थे । उनीहरूले हरेक नेपाली चाडपर्व अत्यन्त श्रद्धापूर्वक मनाउँछन् । आफ्नो संस्कृति र परम्परा जोगाएर आफ्ना सन्ततिलाई हस्तान्तरण गर्दै जानुलाई उनीहरूले एक किसिमको आफ्नो धर्म सम्झन्थे ।
केही समय बर्मेली नेपालीभाषीका साथ बिताउँदै गर्दा मैले उनीहरूकै सहयोगमा अलिअलि थाई भाषा पनि सिक्ने मौका पाएँ । विशेषगरी अङ्क र सामान्य बोलचालमा प्रयोग हुने शब्द तथा शब्दावलीबारे सिकेँ । उनीहरूले नेपालीसँगै बर्मेली, हिन्दी, थाई र अलिअलि अङ्ग्रेजी पनि बोल्थे । म उनीहरूलाई अङ्ग्रेजी सिक्नमा मद्दत गर्थें, उनीहरू मलाई थाई भाषा सिक्न । उनीहरूले सिकाएको थाई भाषाले मलाई केही सहज हुन थाल्यो, विशेषगरी बजारतिर किनमेलमा जाँदा । स्थानीय बजारमा कतिपय व्यापारी अङ्ग्रेजी भाषा बुझ्दैनन् । यस्तो अवस्थामा अलिअलि जानेको थाई भाषाले धेरै सहयोग हुन्थ्यो । पैसाको हिसाब–किताब गर्नका लागि थाई अङ्क जान्न जरुरी हुन्थ्यो । बजार जाँदा, बस र ट्याक्सीमा यात्रा गर्दा मैले मोलभाउ सजिलै गर्न सक्ने भएँ ।
- नामको कथा
पछि एकजना थाई महिला शिक्षकसँग मेरो सम्पर्क भयो । उनको सहयोगले मैले थाई लिपिमा अलिअलि लेख्न पनि सिकेकी थिएँ । पछि उनको कोचिङ सेन्टरमा काम गरेँ, त्यहाँ विद्यार्थीलाई पढाउनुका साथै एक–अर्कालाई भाषा अनुवादमा सहयोग गर्ने गथ्र्यौं । उनी साना कक्षाका विद्यार्थीका लागि अङ्ग्रेजीमा पुस्तक लेख्थिन् । यसमा मैले उनलाई सघाउँथेँ ।
उनी आफ्नो किताबको प्रोमोसनका लागि विभिन्न विद्यालयमा मलाई पनि साथै लिएर जान्थिन् । ‘मेरी विदेशी साथी’ भन्दै परिचय गराउँथिन् । मलाई पनि मन्तव्य राख्न अनुरोध गर्थिन् । म बोलिरहँदा स्कुलका हेडमास्टर, शिक्षक वर्ग र विद्यार्थीहरू दङ्ग परेर सुनिरहन्थे । उनी मलाई ‘बिस्तारै बोल है’ भनेर सम्झाइरहन्थिन् । थाइल्यान्डका मानिसहरू अलि बिस्तारै र नम्र तरिकाले बोल्ने गर्छन् । विद्यार्थीलाई पढाउँदा पनि स्लो, सफ्ट एन्ड क्लियर हुनुपर्छ पनि सम्झाउँथिन् । थाईहरूको लबज उच्चारण पनि त्यस्तै किसिमको हुन्छ । सुस्तरी र अलिअलि तोते बोलीजस्तो लाग्ने गरी बोल्ने उनीहरूको शैलीले मेरो नाम नै परिवर्तन हुन गयो ।
मेरो नाम ‘सरिता’ अलि लामो भयो उनीहरूलाई । त्यसैले नामको पछिल्लो अक्षर छाडिदिए, बाँकी रह्यो— सरी । अलि तोतेबोलीमा उच्चारण गर्दा ‘र’ पनि ‘ल’ हुन गयो । अनि मलाई ‘सली’ हुँदै ‘टिचर शेली’ भन्न थाले । त्यो विदेशी शेलीलाई मैले नेपालीकरण गर्दै ‘शैली’ बनाइदिएँ ।
- नेपाली पासपोर्ट
शिक्षण पेसाकै क्रममा थाइल्यान्डमा भोगेको अर्को अनुभव पनि प्रस्तुत गरौँ । म बेलाबेला शिक्षक पदपूर्तिको विज्ञापन हेर्ने गर्थेंं । यसै क्रममा एक दिन बैङ्कक सहरको भिक्ट्री मनुमेन्ट (विजय स्मारक) नजिकै रहेको एउटा नाम चलेको भाषा शिक्षण केन्द्रले केही शिक्षक आवश्यक परेको सूचना निकाल्यो । पहिला केही निवेदन दिनुनपर्ने, सोझै गएर लिखित परीक्षा दिन मिल्ने रहेछ । लिखितमा पास भएपछि मात्रै अरू प्रमाणपत्र पेस गर्नुपर्ने रहेछ ।
विभिन्न देशबाट आएका नागरिकहरूबाट पाँचजना शिक्षक मागिएको थियो, त्यहाँ हामी १५ जना जति पुगेका थियौँ ।
यसो हेरेँ— धेरैजसो युरोप, अमेरिकातिरका जस्ता । केही फिलिपिनो थिए र म मात्र नेपाली । कस्तो प्रश्नपत्र आउने हो ? मैले गर्न सक्ने हो कि होइन भन्ने अलिअलि डर थियो मनमा । एक घन्टाको परीक्षा थियो, प्रश्नपत्र बाँडियो । सबैजना लेख्नमा व्यस्त भए । मैले सरर पूरै प्रश्न हेरेँ । मेरो मुहारमा मुस्कान छायो, आफ्नो क्षमताले भ्याउने देखेर । एक घन्टाको समयमा १० मिनेट बाँकी रहँदै परीक्षकलाई उत्तरपुस्तिका बुझाइदिएँ ।
परीक्षाको परिणाम त्यही दिन आउँथ्यो । मलाई चिया कफी लिन भनिएको थियो । हामी परीक्षार्थी सबै चिया–कफी पिउँदै गफ गर्न थाल्यौँ । को–को कहाँबाट आएको, कुन पेसाको अनुभव लिएर आएको आदि सोधीखोजी गरियो । शिक्षण पेसा गरेका दुई–चार जना मात्र रहेछन् । बाँकीले अन्य कामको अनुभव लिएर आएका । विशेष गरी युरोप–अमेरिकाबाट आएकामध्ये कसैले पनि शिक्षण पेसा गरेका रहेनछन् । एकजना भन्दैथे— म सिकर्मी थिएँ । अर्कोले भने— मैले हाई स्कुलपछि पढाइ छाडिदिएँ । अब यहाँ केही महिना काम गरेर घुम्ने खर्च जम्मा गर्छु, फेरि घुम्न निस्कन्छु ।
उनीहरूको कुरा सुन्दै गर्दा म मनमनै खुसी हुँदै थिएँ । म त पक्कै पनि छनोटमा पर्छु जस्तो लाग्यो । यस्तैमा भित्रबाट नाम बोलाइयो, मेरो पनि नाम आयो । म उत्साहित हुँदै गएँ । हामी छानिएका पाँचजनालाई बधाई तथा शुभकामना दिइयो; आवश्यक कागजात र पासपोर्ट मागियो । मैले सबै कागजपत्र उनीहरूका सामु पेस गरेँ । पासपोर्ट देख्नेबित्तिकै सोधे— ‘कुन देशको पासपोर्ट हो यो ?’
‘नेपाल,’ मैले गर्वका साथ भनेँ । त्यसपछि उनीहरूले मेरो हरियो पासपोर्ट ओल्टाइपल्टाई हेरे, मेरो अनुहारमा हेरे । आपसमा थाई भाषामा कुरा गर्न थाले । मैले कुरा बुझ्न सकिनँ, के भयो भनेर । उनीहरूको मुस्कान हराएको अनुहारले भने केही गडबड छ भन्ने दर्शाउँदै थियो ।
केहीबेरको अन्योलतापछि एउटीले भनिन्, ‘सरी म्याडम, वी कान्ट एक्सेप्ट दिस पासपोर्ट । बिकज् योर कन्ट्री इज नट् इन्क्लुडेड् इन् आवर लिस्ट ।’
अर्थात् सरी म्याडम ! हामीले तपाईंको पासपोर्ट स्वीकार गर्न सक्दैनौँ । किनभने हाम्रो सूचीमा तपाईंको देश समावेश छैन ।
नेपालको पासपोर्ट भएको मान्छेलाई उनीहरूको संस्थाले जागिर दिन नसक्ने बताएपछि एकछिन अघिको मेरो खुसी गायब भयो । जागिर नपाए पनि एउटा अनुभव त कमाएँ भन्ने सोच्दै उनीहरूलाई धन्यवाद दिएर म बाहिरिएँ । सबैतिर त यस्तो नियम छैन, कतिपय ठाउँमा पासपोर्टकै कारणले अस्वीकृत भएको अनुभव बटुलेकी छु ।
पछि केही फिलिपिनो साथीहरूबाट थाहा पाएँ कि टीईएफएल (टिचिङ इङ्लिस एज अ फोरेन ल्याङ्ग्वेज’ र टेसोल (टिचिङ इङ्लिस टु स्पिकर्स अफ् अदर ल्याङ्ग्वेजेज) तालिम लिएमा काम पाउन सजिलो हुन्छ । मैले पनि १२ घन्टाको यो तालिम लिएँ, १२ सय डलर खर्च गरेर ।
थाइल्यान्ड र भियतनाममा भाषा शिक्षण गर्दा थुप्रै रमाइला र अनौठा अनुभव बटुल्ने मौका पाइन्छ । विशेषगरी निजी कक्षा लिने बेलामा । त्यहाँ स्कुल, कलेजमा पढ्ने विद्यार्थीबाहेक अरु मानिस पनि आउँछन् । भिन्न–भिन्न उमेर समूहका अनि भिन्न–भिन्न पृष्ठभूमिसहित आ–आफ्ना आवश्यकता र उद्देश्य लिएर । कसैलाई आ–आफ्नो व्यापार व्यवसाय अघि बढाउन जरुरत परेर, कसैलाई कुनै एम्बेसी वा अन्य कतै अन्तर्वार्ता तयारी गर्नलाई अंग्रेजी जान्नुपर्ने हुन्छ । कहिलेकाहीँ छोराछोरीसँगै आमाबाबु पनि बस्छन् पढ्न ।
कोही अङ्ग्रेजी सिक्न आउँछन् साथी बनाउनका लागि । एकपटक दुईजना थाई युवा र युवती आए अनि भन्न थाले– हामीलाई विदेशी ब्वायफ्रेन्ड–गर्लफ्रेन्ड बनाउने मन छ, त्यसैले अङ्ग्रेजी सिक्न आएको ।
यस्तै किसिमका अनगिन्ती अनुभव र ज्ञान थाइल्यान्डका साथै भियतनाम र कम्बोडियामा बटुल्ने मौका मिल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो