दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन

काठमाडौँ । दलितका लागि दलित अभियानले काठमाडौँको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् ।
दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरूले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् । अभियानका संयोजक सुनारले भने, ‘संविधानलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन । दलितहरूका अधिकार कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ ?’
उनले दलितहरूको अधिकार एमाले र काँग्रेसले काटेको आरोप लगाए । उनले नयाँ आएका दलहरूले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए ।
संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ । अभियानका संयोजक सुनारले एमाले र काँग्रेसले दलितहरूलाई जातीय विभेद गरेको आरोप समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा गणतन्त्रवादीको जनप्रदर्शन
-
जेलमा रहेका इस्तानबुलका मेयरका वकिल पनि पक्राउ
-
एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक : पम्फा भुसाल
-
निजी क्षेत्र सक्रिय भए मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ : मन्त्री पाण्डे
-
पिताको पाइला पछ्याउँदै ऋतिक, क्रिश ४ निर्देशन गर्ने