रक्सी बहिष्कार गरौँ

मान्छेलाई यतिसम्म मूर्ख बनाइन्छ
ऊ मक्ख परेर ठान्दछ कि
उसले रक्सी खाइरहेछ
तर बिचरा त्यो अज्ञानलाई के थाहा
रक्सीले नै उसलाई खाइरहेछ
कलेजो उसको डढाइरहेछ
दीर्घायु अब अल्पायु भइरहेछ
नेताले पिएपछि
नेताको मति बिग्रिन्छ
अनि उसले कसरी देशको लागि
चिन्तन गर्छ?
अनि कसरी जनताको लागि
असल कार्य गर्न सक्छ?
जनताले पिएपछि
जनताको श्रीसम्पत्ति
उसको स्वास्थ्य
उसको घर परिवार
सबै सबै स्वाहा हुन्छ
अनि कसरी समाजको
उत्थान हुन्छ?
घर, गाउँ, देशमा
कसरी सुख हुन्छ?
रक्सी हातमा लिएर
बोतल समाएर
सामाजिक सञ्जालमा
समाज बिगार्नेहरूलाई
के थाहा कि
संसारको सज्जनहरूको अगि
ऊनीहरूले आफ्नो इज्जत गुमाइरहेको
दुनियाँको नजरबाट उनीहरू
तल तल झरिरहेको
स्वास्थ्यको लागि हानिकारक छ
भन्दा भन्दै
किन यसको उत्पादन भइरहेछ?
यो खराब हो भन्ने जान्दाजान्दै
किन बजारमा बिक्री भइरहेछ?
आन्द्रा जलाउँछ भन्ने थाहा हुँदाहुँदै
किन पिएर
मानिस बिरामी परिरहेछ?
रक्सी यस्तो विष रहेछ
जसले
मानिसको मति बिग्रिरहेछ
मानिस
झगडा रिस गरिरहेछ
मानिसको दिमाग खल्बलाइरहेछ
मानिस
मातेर गर्नु नगर्नु गरिरहेछ
तसर्थ
रक्सी बहिष्कार गरौँ
स्वस्थ सुखी र खुसी भएर बाचौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
विवादमा अक्षयको चलचित्र, चोरीको आरोप
-
जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने, ‘पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन्’
-
नेपाल–भारत ऊर्जा व्यापार : भारतीय बजार नेपालमा आइपुग्यो, नेपालसँग छैन उत्पादन
-
३३ औँ उपाधिबाट एक जित टाढा बायर्न