आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

जसपा नेपाल केन्द्रीय समिति बैठकले गर्‍यो ६७ बुँदे निर्णय (सूचीसहित)

शनिबार, ०१ भदौ २०८१, १३ : ५७
शनिबार, ०१ भदौ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको छ । साउन २७, २८, २९ र ३० गते बसेको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको हो ।

बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायत ६७ बुँदे निर्णय गरेको छ । 

जसपाले भदौ ९ गते काठमाडौँस्थित काठमाडौँ ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमका बिच गर्ने अभियानको उद्घाटन कार्यक्रम रहेको छ ।
 
जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ ।

हेर्नुहोस् निर्णयको सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप