पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो
शनिबार, ०१ भदौ २०८१, १२ : ०५

काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताएका छन् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो ।
उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडक खण्डमा यसअघि पनि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०० करोड माथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण
-
धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा
-
उद्योग व्यवसायीलाई नीतिगत कारणले निरुत्साहित गर्नुहुँदैन : अध्यक्ष ढकाल
-
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान