चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना
चितवन । सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका यहाँका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एण्ड डा. सरु फाउण्डेसन’ स्थापना गरेका हुन् ।
फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा.न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए । वार्षिक रु १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उनले बताए । आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दश वर्षमा अक्षयकोष रु एक करोड पुर्याउने लक्ष्य छ । व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।
फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०÷१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उनीहरुको योजना छ ।
विपन्न २० परिवारलाई स्वास्थ्य बीमा गरिदिने योजना छ । सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ । फाउन्डेसनमा आफ्नो कमाई मात्रै प्रयोग गर्ने भन्दै उनीहरुले अन्य दाताको सहयोग नलिने बताए । यद्यपि सामाजिक सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिने फाउन्डेसनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै