फ्यानसँग नाच्न नमानेको भन्दै जब सैफमाथि नाइट क्लबमा घातक हमला भयो

मुम्बई । बलिउड अभिनेता सैफ अली खानले कुनै बेला आफू दुई महिला फ्यानसँग नाच्न नमानेको कारण समस्यामा परेको खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले सन् १९९४ मा नयाँ दिल्लीमा भएको यस घटनाबारे उल्लेख गरेका हुन् ।
यस घटनाबाट सैफले आफ्नो जीवनमा पहिलो पटक दिल्लीमा बारको झगडा कति खतरनाक साबित हुन सक्छ भन्ने महसुस गरेको बताएका छन् । एक अन्तर्वार्तामा सैफले भनेका छन्, ‘दिल्लीको एउटा बारमा दुई युवतीले मसँग नाच्न आग्रह गरे तर मैले मानिनँ । त्यसपछि ती केटीका प्रेमी आएर मसँग झगडा गर्न थाले । मैले उनलाई म अहिले कसैसँग नाच्न वा कुरा गर्न चाहन्न भनेँ । यसबाट उनी झनै आक्रामक भए। एकजनाले ह्विस्कीको गिलासले मलाई आक्रमण गर्दै भने- तिम्रो अनुहारलाई बर्बाद पार्नेछु । त्यसपछि हाम्रो झगडा भयो । झगडा गर्दै हामी बाथरुममा गयौँ । मेरो अनुहारमा नराम्ररी चोट लागेको थियो र रगत पनि बगिरहेको थियो।’
सैफका अनुसार त्यो दिन उनको ज्यान बल्लबल्ल जोगिएको थियो । त्यो घटनापछि उनले कसैसँग झगडा गर्न छाडेका थिए ।
सैफ आजकल आफ्नो आगामी फिल्म ‘ज्वेल थिफ’ को सुटिङमा व्यस्त छन् । फिल्मको केही सुटिङ बुडापेस्टमा गरिएको छ जसमा सैफ पनि सहभागी छन् । यस बाहेक उनी तेलुगु फिल्म ‘देवरा’ मा पनि देखिनेछन् जसमा जुनियर एनटीआर र जान्हवी कपूर मुख्य भूमिकामा छन् ।
यसअघि सैफ २०२३ मा आएको फिल्म ‘आदिपुरुष’ मा लंकेशको भूमिकामा देखिएका थिए, जसका लागि उनले निकै आलोचनाको सामना गर्नुपरेको थियो ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला