कन्सुलर सेवा नवीकरण नहुँदा पोर्चुगलमा ठगिँदै नेपाली, पुलिस रिपोर्ट बनाउन ३०० युरोसम्म लिन्छन् दलाल
पोर्चुगल । कन्सुलर सेवा बन्द हुँदा पोर्चुगलमा रहेका नेपाली एकपछि अर्को गर्दै ठगिन थालेका छन् । सन् २०२४ को अक्टोबरदेखि डिसेम्बरसम्म टेम्पोररी कार्ड (टीआर) बनाउनका लागि आवश्यक पर्ने नेपाली प्रहरी रिपोर्टको अनुवादमा आधिकारिता दिने नेपाली कन्सुलर सेवा बन्द हुँदा नेपालीलाई समस्या परेको छ ।
४ बर्षे कार्यकाल सकिनुअघि जुलाई ३० मा अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले विज्ञप्ति निकालेर महावाणिज्यदूतको सबै काम सकिएको जानकारी दिएका थिए । जुलाईसम्म रहेका कार्यकालको थप नवीकरण नभएकाले सेवा बन्द गरिएको उनले विज्ञप्ति मार्फत जानकारी दिएका थिए ।
उनको विज्ञप्तीमा भनिएको छ, ‘जुलाईदेखि मेरो कार्यअवधि सकिएको विषय पनि सम्पूर्ण पोर्चुगलबासी बुवा आमा तथा दाजुभाइहरूमा जानकारीका लागि अनुरोध छ । नवीकरणका लागि नेपाल सरकार तथा नेपाली राजदूतावास पेरिससमक्ष पत्राचार गरिएको र पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि आजकै मितिबाट लागु हुने गरी अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय बन्द हुने तथा सेवाग्राहीलाई प्रवाह गरिँदै आएका सम्पूर्ण सेवाहरू बन्द भएको जानकारी गराइन्छ ।’
महावाणिज्यदूतावास बन्द भए लगत्तै नेपालीहरूको कागजात बनाउने दलालहरू सलबलाएका छन् । वाणिज्दूतावास हुँदा नेपालीको पुलिस रिपोर्ट लगायतका कागजात पोर्चुगलको राजधानी लिस्वनबाटै हुने गर्थ्यो तर अहिले त्यसका लागि भारतको दूतावास मार्फत गर्ने भन्दै प्रतिव्यक्ति ३ सय युरो ९करिब साढे ४४ हजार नेपाली० रुपैयाँ लिने गरेको पाइएको छ । सोही कामका लागि यसभन्दा अगाडि ३५ युरो देखि ७० युरोसम्म लाग्ने गर्थ्यो ।
यसभन्दा अगाडि ७० युरोसमम्मा काम हुने गर्थ्यो । करिब ६० हजारको हाराहारीमा पोर्चुगलमा बस्दै आएका नेपालीमध्ये यस पटक करिब ७ हजार भन्दा धेरैको बायोमेट्रिक (जैविक सूचना सङ्कलन) को मिति तोकिएको छ । पोर्चुगलमा टीआर बनाउनका लागि यो अनिवार्य छ ।
काभ्रेपलान्चोकको बनेपा नगरपालिका घर भई पोर्चुगलको ‘मदिरा’ भन्ने ठाउँमा काम गर्दै आएका उमेश कार्कीले सेवा बन्द हुँदा आफू समस्यामा परेको बताए । रातोपाटीसँग उनले भने, ‘अक्टोबर २८ मा मेरो कार्डका लागि बायोमेट्रिक छ तर अहिले आएर एक्कासि कन्सुलर बन्द भएपछि दलालमार्फत पुलिस रिपोर्ट बनाउँदा ३ सय युरो लाग्छ भन्छन् ।’
उनकाअनुसार यसभन्दा अगाडि ७० युरोसमम्मा काम हुने गर्थ्यो । करिब ६० हजारको हाराहारीमा पोर्चुगलमा बस्दै आएका नेपालीमध्ये यस पटक करिब ७ हजार भन्दा धेरैको बायोमेट्रिक (जैविक सूचना सङ्कलन) को मिति तोकिएको छ । पोर्चुगलमा टीआर बनाउनका लागि यो अनिवार्य छ ।
एनआरएनएका पोर्चुगलका अध्यक्ष उमेश खड्काले यसको समाधानका गर्न लागिपरेको बताएका छन्। अहिलेको समस्यालाई समाधान गर्नका लागि स्पेनको दूतावाससँग समन्वय भइरहेको उनको भनाइ छ ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाकी अस्मिता तामाङ पनि पोर्चुगलको ‘सिन्त्रा’मा कृषीमा काम गर्दै आएकी छन् । उनको पनि आउँदो सेप्टेम्बरको २४ तारिखमा फिङ्गरको मिति तोकिएको छ । तर पुलिस रिपोर्ट बनाउन नपाउँदा समस्यामा परेको उनले रातोपाटीलाई बताइन् । ‘पहिला एक दुई दिनमा ट्रान्सलेट हुन्थ्यो भनेर अगाडि नबनाएको तर अहिले त सेवा नै बन्द भएछ । नेपालीको पसलमा बन्छ रे भनेर गएको २ सय युरो भन्छन् । अब मैले कसरी बनाउनुरु’उनले भनिन् ।
यता एनआरएनएका पोर्चुगलका अध्यक्ष उमेश खड्काले यसको समाधानका गर्न लागिपरेको बताएका छन्। अहिलेको समस्यालाई समाधान गर्नका लागि फ्रान्सको दूतावाससँग समन्वय भइरहेको उनको भनाइ छ । ‘हामीले समाधानका लागि स्पेन राजदूतावाससँग समन्वयन गरिरहेका छौँ, एक हप्ताभित्र यसको समाधान निकाल्दै छौँ,’अध्यक्ष खड्काले रातोपाटीसँग भने ।
उनकाअनुसार निवर्तमान महावाणिज्यदूतलाई छाप लगाउने अधिकारसहित एनआएनएले समन्वय गर्नेछ । कन्सुलर सेवा नहुँदा अहिले लिस्वनमा नेपालीको पुलिस रिपोर्ट ट्रान्सलेट गरेर परराष्ट्रको छाप लगाउने काम साइबर चलाउँदै आएका दलालहरूले गर्दै आएका छन् । त्यसको प्रत्यक्ष मारमा रोजगारी गर्दै आएका नेपालीहरू परेका छन् ।
दुई जनाको जुङ्गाको लडाइँको चेपुवामा नेपाली
पछिल्लो समयमा महावाणिज्य दूतावासको समस्या २ जना व्यक्तिको लडाइँले निम्तिएको बताइन्छ । सन् २०१४ देखि मकरबहादुर हमालले वाणिज्य दूतावास चलाउँदै आएका थिए । १० वर्षसम्म यहाँ रहेका नेपालीहरूको समस्याको समाधान गर्दै आएका हमालले अहिले भने आफूले महावाणिज्य दूतावास नवीकरण गर्न सकेनन् । पोर्चुगलमा रहेका प्रवासी नेताहरूको भनाइलाई आधार मान्ने हो भने अहिले लक्ष्मी सापकोटाले आफूले चलाउन प्रयास गरिरहेका छन् ।
महावाणिज्य दूतावास नवीकरण गर्न केहि दिन अगाडि मकरबहादुर हमाल नेपाल पुगेका थिए । तर परराष्ट्रमन्त्रीले नवीकरण गर्न नमानेपछि उनी पोर्चुगल फर्किसकेका छन् ।
नेपालमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकार ढले लगत्तै सापकोटाले आफूले चलाउन लबिङ गरिरहेका छन्। हमाल र सापकोटा दुवै जना नेपाली काँग्रेस निकट मानिन्छन् । अहिले परराष्ट्रमन्त्री निकट रहेका सापकोटाले आफूले महावाणिज्य दूतावास चलाउन खोजिरहेका हुन्। ‘यो दुई जनाको लडाइँको यहाँ रहेका नेपालीहरूले दुःख पाए,’एक जना एनआरएनए नेताले रातोपाटीसँग भने ।
उनकाअनुसार विगतको एनआरएनएको निर्वाचनदेखि नै दुवै जनाको लडाइँ चलेका थियो । त्यसैकारणले अध्यक्ष माओवादीको पोल्टामा पुगेको थियो । उसो त महावाणिज्य दूतावास नवीकरण गर्न केहि दिन अगाडि मकरबहादुर हमाल नेपाल पुगेका थिए । तर परराष्ट्रमन्त्रीले नवीकरण गर्न नमानेपछि उनी पोर्चुगल फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?