बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चाडपर्व

जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुग्दै भक्तजन (तस्बिरहरू)

शनिबार, ०१ भदौ २०८१, ०८ : ४२
शनिबार, ०१ भदौ २०८१

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा  जनै पूर्णिमासम्म कायमै रहने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्ड तीर्थको स्नानका लागि रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी, चितवन, कास्की, मकवानपुर, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, छिमेकी जिल्ला धादिङ, नुवाकोट जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजनको आगमन हुने गर्दछ । 

सम्पूर्ण देवदेवताले जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा बास लिने धार्मिक विश्वास रहिआएको छ ।  यस कुण्डमा स्नान गरी दर्शन गर्नाले सबै देवताको दर्शन एकैथलोमा मिल्न गई आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने समेत धार्मिक विश्वास रहिआएको छ । 

यात्राको क्रममा लेक लाग्ने समस्याका बिरामी यात्रुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको छ । 

goshai kunda (1)goshai kunda (2)goshai kunda (3)goshai kunda (4)goshai kunda (5)goshai kunda (6)goshai kunda (7)goshai kunda (8)goshai kunda (9)goshai kunda (10)goshai kunda (11)goshai kunda (12)goshai kunda (13)goshai kunda (14)goshai kunda (15)goshai kunda (16)goshai kunda (17)goshai kunda (18)goshai kunda (19)goshai kunda (20)goshai kunda (21)goshai kunda (22)goshai kunda (23)goshai kunda (24)goshai kunda (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप