एम्बाप्पेबिनाको युगमा पीएसजीको शानदार सुरुवात

पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेले क्लब छाडेर रियल मड्रिड गएपछिको पहिलो प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हासिल गरेको छ । लिग वानको नयाँ सिजनको पहिलो खेलमा पीएसजीले ली हार्भेलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीका रेकर्ड गोलकर्तासमेत रहेका एम्बाप्पे क्लबसँगको करार समाप्त भएसँगै यो सिजन ५ वर्षको करार गर्दै रियल पुगेका छन् । उनले पीएसजीका लागि कीर्तिमानी २ सय ४४ गोल गरेका थिए।
फरवार्ड ली काङ इनले खेलको तेस्रो मिनेटमा नै साबिक विजेता टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै गाउटिएर लोरिसले हार्भेका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अग्रसर बनिरहँदा पीएसजीले खेलको अन्त्यतिर गोलको वर्षा गरेको थियो । ८४ औ मिनेटमा ओसमान डेम्बेलेले पुनः पीएजसीलाई अग्रता दिलाए ।
दुई मिनेटपछि ब्राड्ली बारकोलाले अर्को गोल थपे भने खेलको अन्त्यमा रान्डाल कोलो मुनाईले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सहज दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन