ओजेश सिंहको बाल साहित्यिक कृति 'लन्डन लाखे' विमोचन
काठमाडौँ । ओजेश सिंहद्वारा लिखित बाल साहित्यिक कृति 'लन्डन लाखे' विमोचन गरिएको छ । शुक्रबार काठमाडौँको वसन्तपुरमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, साहित्यकार मल्ल के सुन्दर, साहित्यकार राजभाइ जकमी लगायतको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि उपमेयर डङ्गोलले पुस्तक नेवा संस्कृतिको रक्षाका लागि कोशेढुंगा भएको उल्लेख गरिन् । नेवार समुदायका व्याक्तिहरु कुनै पनि देश पुग्दा आफू मात्र नभएर आफ्नो कला, साहित्य र संस्कृति पनि सो राष्ट्रमा पुर्याउने गरेको भन्दै खुसी व्यक्त गरिन् ।
त्यसैगरी विशिष्ट अतिथि लेखक तथा अभियन्ता मल्ल के सुन्दरले लाखेको बारेमा विभिन्न भ्रम छर्ने काम भएको भन्दै यो पुस्तकले उक्त भ्रम चिर्ने काम गरेको बताए । पुस्तकले विदेशमा रहेर नेपालको कला संस्कृति प्रवर्द्धन गर्दाको अनुभव पनि समेटेको उनले उल्लेख गरे ।
कार्यक्रमका अध्यक्ष स्नेह सायमीले पुस्तकले बालबालिकालाई लाखेको बारेमा जानकारी दिन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकलाई रातो घर फाउन्डेसनले बजारमा ल्याएको हो ।
लेखक ओजेश सिंह बेलायतमा बस्दै आएका छन् । बेलायतमा नेवा परम्परालाई प्रवर्द्धन गर्ने, बिस्का जात्रा र इन्द्रजात्रा जस्ता उत्सवहरू आयोजना गरेर उनले विदेशी भूमिमा नेवा परम्पराको प्रवर्द्धन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’