सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध
शनिबार, ०१ भदौ २०८१, ०८ : ०१

काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।
उक्त सडकखण्डमा पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको उनले बताए ।
सुरक्षाकर्मीको टोली खटाई स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा लगातार छैटौँ दिन गिरावट, कारोबार पनि घट्यो
-
श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा पर्यो : मन्त्री भण्डारी
-
कर्णाली र मधेस सरकारमा कांग्रेस किन असन्तुष्ट ?
-
२०० करोड माथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण