बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीको प्रवेशसँगै मध्यरातमा पशुपति कोटिहोममा तनाव

शनिबार, ०१ भदौ २०८१, ०६ : ३१
शनिबार, ०१ भदौ २०८१

काठमाडौँ । पशुपति कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि कृष्णमूर्ति समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । 

समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो । त्यस लगत्तै रिपोटिङको लागि कोटिहोम पुगेको पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि कृष्णमूर्तिका समर्थकले हातपात गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप