१६ लाखभन्दा बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १६ लाख बढी ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत चिङगाड गाउँपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने ३२ वर्षीय सुरेश राना तथा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३३ वर्षीय राजेश विष्ट रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजिकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया, दुबईलगायत देशमा पठाइदिने भन्दै पीडितहरुबाट रु १६ लाख बढी रकम लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।”
सुरेशले आठजना पीडितबाट रु १५ लाख ९३ हजार पाँच सय र राजेशले एकजना पीडितबाट रु एक लाख ८० हजार ठगी गरेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए । सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौँ गौशालाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा