लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने बताए । नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि स्थापित कम्युनिष्ट पार्टी अहिले विभिन्न रूपमा विभाजित भएकाले विगतका कमजोरीलाई सच्याएर एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।
सो कार्यक्रममार्फत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू विशेश्वर यादव, धनेश्वर यादव, कुलदीप यादवलगायत नेताहरू नेकपा (एस) मा प्रवेश गरेका थिए ।
विशेश्वर यादव जसपा धनुषा क्षेत्र नम्बर २ (क) का पार्टी इन्चार्ज रहेका छन् भने धनेश्वर यादव धनुषा कमलानगर नगरपालिका–३ का पूर्व वडाध्यक्ष हुन् । अध्यक्ष नेपाल, पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झा, सोमप्रसाद पाण्डे, केदार सञ्जलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग
-
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता
-
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
१० रुपैयाँ प्रतियुनिट भारुमा पनि पाइएन मागेजति बिजुली
-
शिक्षकका जायज मागहरू पुरा गर्न त्रिवि स्ववियुको माग
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै