सोलुखुम्बुको बाढीबारे प्रधानमन्त्रीले गरे सीडीओसँग टेलिफोन संवाद (भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको बाढीबारे प्रमुख जिल्ला अधिकारी देवी पाण्डेसँग टेलिफोन कुराकानी गरेका छन् । प्रधानमन्त्री ओली शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी पाण्डेसँग बाढीबारे टेलिफोन संवाद गरेका हुन् ।
टेलिफोन संवादका क्रममा प्रधानमन्त्री ओलीले पाण्डेसँग पासाङ ल्हामु गाउँपालिका ५ को पहिरो र त्यहाँ भएको क्षतिको स्थितिबारे कुराकानी गरेका थिए । कुराकानीका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले पासाङ ल्हामु गाउँपालिकाको शिरमा रहेको खानीखोलबाटा बाढी आएको र यसबारे जानकारी लिने क्रम जारी रहेको बताएकी छन् ।
टेलिफोन संवादका क्रममा पाण्डेले भनिन्ः ‘यो हिमताल फुटेको हो कि हिमपहिरो हो वा सुख्खा पहिरो के हो भन्ने विषयमा बुझिरहेका छौँ । मानव वस्तीभन्दा निकै माथिबाट आएको र स्याटेलाइटबाट हेर्दा हिमताल फुटेको वा हिमपहिरो भन्ने देखिएको छैन भन्ने छ । यसबारे एकीन विवरण लिन सकेका छैनौ ।’
प्रधानमन्त्री ओलीसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पाण्डेले १२ घर र विद्यालय बगाएको जानकारी दिएकी छन् । उनले क्षतिको विवरण आउने क्रम जारी रहेको समेत बताएकी छन् । अहिले बाढी क्षेत्रमा नेपाली सेना र प्रहरीको टोली उद्धार खटिरहेको समेत बताएकी छन् ।
शुक्रबार २ बजे सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका ५ थामेमा लेदोसहितको बाढी आएको थियो ।
भिडियो-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट