महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
शुक्रबार, ३२ साउन २०८१, २१ : ३८

कञ्चनपुर । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार परियोनाको बाँधको सिल्ट सफाइ गर्नका लागि बाँधका ढोका खोलिने भएका हुन् ।
भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते साँझसम्म बाँध सफा गर्न ढोका खोल्न लागेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जनाए । बाँध खोलिएपछि महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण
-
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो