बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

शुक्रबार, ३२ साउन २०८१, २१ : ३८
शुक्रबार, ३२ साउन २०८१

कञ्चनपुर । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार परियोनाको बाँधको सिल्ट सफाइ गर्नका लागि बाँधका ढोका खोलिने भएका हुन् ।

भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते साँझसम्म बाँध सफा गर्न ढोका खोल्न लागेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जनाए । बाँध खोलिएपछि महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप