बैतडीमा हैजाको जोखिम : खानेपानीको नमूना सङ्कलन

बैतडी । बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ । देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि यहाँबाट पनि खानेपानीको नमूना सङ्कलन गरिएको छ ।
विभिन्न ब्राण्डका खानेपानीमै हैजाका किटाणु देखिन थालेपछि विभागको निर्देशनअनुसार खानेपानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए ।
जिल्लाको दोगडाकेदारमा रहेको नवयुग सहकारी संस्थाले उत्पादन गरिरहेको दोगडाकेदार ब्राण्डको खानेपानी उद्योगमै पुगेर नमूना सङ्कलन गरिएको हो । यसका साथै जिल्लामा बिक्रीका लागि विभिन्न ठाउँबाट आयात गरिएका खानेपानीको नमूना सङ्कलन गरिएको जनाएको छ ।
दार्चुलाको मार्मा गाउँपालिकामा उद्योग रहेको अपि स्प्रीन खानेपानी, निजी खानेपानी र लिप ब्राण्डको खानेपानीको नमूना सङ्कलन गरिएको प्रमुख कठायतले बताए । उनले भने, “देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि हामीले पनि पानीको नमूना सङ्कलन गरेका हौँ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउछौँ ।”
यसैबीच चाडपर्व नजिकिएसँगै जिल्लामा बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न ठाउँमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।
सदरमुकामस्थित गढी र गोठलापानीमा बजार अनुगमन गरिएको हो । गढीमा १३ वटा पसल र गोठलापानीमा ४२ वटा पसलमा अनुगमन गरिएको छ । पसलमा अनुगमन गर्दा रु दुई हजार चार सय ५० बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने