अमेरिकी उपविदेशमन्त्री वर्मा दिनभर दौडधुपमा

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई हेलिकप्टर खरिदमा सहयोग गर्ने भएको छ । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमणका क्रममा शुक्रबार सो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार उप–विदेशमन्त्री वर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि सहयोग गर्ने बताएका हुन् ।
शुक्रबार नेपाल भ्रमणमा आएका उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटघाटमा उपविदेशमन्त्री वर्माले एमसीसी कार्यान्वयनमा नेपालले देखाएको तदारुकताको प्रशंसा गरेका थिए ।
अमेरिकी सहयोगमा सञ्चालित विभिन्न आयोजनाको प्रगतिमा मन्त्री वर्माले सन्तोष व्यक्त गरेका थिए । साथै हालै टीआरसी विधेयक पारित गरी शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने काम गरेकोमा पनि मन्त्री वर्माले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको प्रशंसा गरेका थिए ।
नेपालीहरूका लागि उज्ज्वल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीको विभिन्न विषयमा कुराकानी भएको दूतावासले जनाएको छ ।
यसैगरी मन्त्री वर्माले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा एमसीसी नेपालका अधिकारीहरूसँग छलफल गरेका थिए । प्रगति छलफलमा एमसीसी कार्यान्वयन सन्तोषजनक रहेको प्रतिक्रिया दिएको दूतावास स्रोतले जनाएको छ ।
उपविदेश मन्त्री वर्माले युएसएआइडी नेपालको साझेदार नेपाल टि कलेक्टिभ टोलीसँग पनि ठमेलमा छलफल गरेका थिए । त्यहाँ नेपाली चियाको स्वाद पनि उनले लिएका थिए ।
त्यसैगरी उनले शुक्रबार नै नेपाली महिला उद्यमीहरूसँग पनि अमेरिका–नेपालबिच भइरहेको उद्योग व्यापारको विषयमा छलफल गरेका थिए ।
उनी बिहानै काठमाडौँ आएपछि अमेरिकी दूतावास गएका थिए । उनले दूतावासका अधिकारीहरूसँग छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !