मौसम विज्ञान विभागले भन्यो– तापक्रम वृद्धिले हिमताल विस्फोट भएको हुनसक्छ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीबारे प्रारम्भिक धारणा सार्वजनिक गरेको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ ।
शुक्रबार दिउँसो करिब १ः३० बजे थामेखोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको र साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ । तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको विभागको भनाइ छ ।
‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
सो बाढीको कारण जल तथा मौसम विज्ञान विभागको दुधकोशी र बुवाबजार बाढी मापन केन्द्र, खोटाङमा जलसतह आज साँझ ५ः१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब १.२० मिटर बढी साँझ ५ः४० बजे ५.५३ मिटर पुगेको थियो ।
तर, सो समय पश्चात बिस्तारै बाढीको सतह घट्न थालेकोले रबुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठुलो जोखिम नहुने देखिएपनि दुधकोशीको नदीतटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यस घटनाको सम्बन्धमा विभागले थप अध्ययन गर्ने पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
-
एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन
-
‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ?
-
मत विभाजनबाट बहुमतले पारित भयो सुशासनसम्बन्धी विधेयक
-
चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय
-
प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन